कारागारमा गोली चल्यो, दर्जनौँ कैदी फरार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

मेक्सिको सिटी । बन्दुकधारीको एउटा समूहले गोली चलाएपछि उत्तरी मेक्सिकोको एउटा कारागारबाट दर्जनौं कैदीहरू भागेका छन् । बन्दुकधारी लागूऔषध समूहका सदस्य भएको आशंका गरिएको छ ।

सशस्त्र गाडीमा चढेर कारागार पुगेका ती मानिसहरुले चिहुआहुआ राज्य कारागार बाहिर गार्डहरूमाथि अन्धाधुन्द गोली चलाएका अधिकारीहरूले बताए ।

सीमावर्ती सहर सिउडाड जुआरेजमा भएको सो क्रुर हमलामा चार बन्दीसहित १० जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार करिब २४ कैदीहरू भागेका छन्। कारागारभित्र विभिन्न आपराधिक समूह र लागुऔषधका कैदीहरूलाई छुट्टाछुट्टै कक्षमा राखिएको थियो ।

ADVERTISEMENT

झडपमा १३ जना घाइते भएका छन्। तीमध्ये चार जनाको अस्पतालमा उपचार भइरहेको कारागार प्रशासनले जनाएको छ ।

घटनापछि कारागारबाहिर भेला भएका आफन्तजनहरु एकअर्कालाई अँगालो हालेर रोइरहेका प्राप्त विवरणहरुमा जनाइएको छ । आक्रमणकारीहरू कालो लुगा लगाएका साक्षीमध्येकी एक महिलाले बताइन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *