काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
आज (मंगलबार) देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखााका अनुसार प्रदेश १,गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती पनि प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बुधबार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहीबार प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को हिमाली भू(भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात र तराईका केही भू-भागमा हुस्सु/कुहिरो लाग्ने भएकाले सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउनु महाशाखाले अनुरोध गरेको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts