साढे २ करोड लागतमा कोहलपुरमा आयुर्वेद अस्पताल सञ्चालन हुँदै

Read Time = 6 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । बाँकेको कोहलपुरमा सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल सञ्चालन हुने भएको छ । योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपाल कोहलपुरमा अगुवाईमा निर्माण भएको अस्पताल आगामी फागुनदेखि सञ्चालनमा आउने भएको हो ।

अध्यक्ष नमप्रसाद शर्माका अनुसार अस्पताल सञ्चालनको लागि भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भइसकेको छ । समाजको आगामी सात कार्ययोजना मध्ये आयुर्वेद तथा प्राकृतिक सञ्चालन प्रमुख प्राथमिकताको रुपमा रहेको उहाँले बताउनुभयो ।

‘तत्कालका लागि अस्पताल सञ्चालन गर्न सकिने पूर्वाधार निर्माण भएको छ । फागुनबाट अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका छौँ । त्यसको लागि आवश्यक पूर्वाधार तथा जनशक्ति र सामग्री व्यवस्थापनको लागि तीन वटै तहका सरकारसँग समन्वय गरिनेछ,’ उहाँले भन्नुभयो, ‘अस्पताल सञ्चालन भएपछि सेवाग्राहीले प्राकृतिक तथा आयुर्वेदिक पद्धतीबाट सेवा पाउनेछन् । पश्चिम नेपालमा नयाँ पद्धतीबाट उपचार सेवा सुरु हुनेछ ।’ अस्पतालले १५ प्रकारका सेवा प्रदान गर्नेछ । ती सेवाहरुमा विरामीलाई योग गराउने, थेरापी गराउनेदेखि प्राकृतिक पद्धतीबाट उपचार गर्नेसमेत रहेका छन् ।

कार्ययोजनाहरुमा अस्पताल सञ्चालन गर्नेदेखि आयुर्वेदिक तथा प्राकृतिक उपचारका माध्यमबाट गरिने उपचारका फाइदा तथा प्रचारप्रसारका लागि गरिने र अध्ययन अवलोकन भ्रमण गर्नेसम्म रहेका छन् ।

उहाँले अस्पताल निर्माणका लागि सम्पूर्ण क्षेत्रबाट राम्रो साथ र सर्मथन पाएको भन्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

अस्पताल निर्माणका लागि अहिलेसम्म तीन वटै तहका सरकार र समाजको तर्फबाट २ करोड ४४ लाख र समाजबाट ३० लाख गरी जम्मा २ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ । यसमा सबैभन्दा धेरै तत्कालीन लुम्बिनी प्रदेश सदस्य तथा पूर्वमन्त्री आरती पौडेलको पहलमा ९० लाख, त्यसपछि कोहलपुर नगरपालिकाले ७४ लाख र ३० लाख रुपैयाँ निवर्तमान युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको पहलमा सहयोग प्राप्त भएको छ ।अस्पताल निर्माणका लागि समाजका अध्यक्ष शर्माले मात्रै अहिलेसम्म व्यक्तिगत रुपमा १७ लाख रुपैयाँ खर्च गर्नु भएको छ ।

ADVERTISEMENT

समाजको आइतबार दशौँ साधारण सभा समेत सम्पन्न भएको छ । बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सुर्य ढकालले सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल कोहलपुरको गहना भएको बताउनुभयो । उहाँले पश्चिम नेपालको केन्द्रको रुपमा रहेको अस्पताल सञ्चालन हुने कुरा सकारात्मक भएको समेत बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य ढकालका अनुसार अस्पताल सञ्चालनका लागि अझै पनि धेरै कुरा अप्रयाप्त रहेको कुरामा आफू जानकार रहेको भन्दै त्यसको लागि प्रदेश तथा संघीय सरकार तथा मन्त्रालयमा फाइल बोकेर जान आफू तयार छु । योग तथा प्राकृतिक उपचार विधि उपचार हुने अस्पताल सञ्चालनको लागि जनप्रतिनिधि रुपमा आफूले गर्ने सम्पूर्ण काम गर्न आफू इच्छुक रहेको पनि उहाँको भनाइ थियो । कोहलपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख लूटबहादुर रावतले अस्पताल निर्माण आरोह, अवरोह तथा व्यवधानसँग परिचित रहेको बताउनुभयो ।

अस्पताल निर्माणको लागि आफूले जग्गाको समस्या समाधानदेखि अस्पताल निर्माणमा भूमिका खेल्न पाएकोमा खुसी रहेको उहाँले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्रबहादुर अधिकारी नयाँ उपचारबाट उपचार हुने पश्चिम नेपालको केन्द्र बनाउन सम्पुर्ण सरोकारवाला एकजुट हुनुपर्ने बताउनु भएको थियो । यस्तै कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले योगलाई स्वास्थ्य जीवनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोहलपुरको सम्पत्तिको रुपमा रहेको अस्पताललाई सबै स्वामित्व ग्रहण गर्नुपर्ने बताउनुभयो । संस्थालाई समावेशी बनाउनुका साथै योगशाला र आयुर्वेद र योगको केन्द्र बनाउनुपर्ने उनको भनाइ थियो । समाजका सचिव दामोदर पौडेलका अनुसार अस्पताल निर्माणका लागि अहिलेसम्म अनुमानित तीन करोड रुपैयाँ लागत लागेको छ ।

उहाँका अनुसार अस्पताल निर्माणका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारले सहयोग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?