मेलम्चीको पानी नपाएको भन्दै कोटेश्वरका स्थानीयले बुझाए ज्ञापनपत्र

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । कोटेश्वरको महादेव स्थानमा मेलम्चीको खानेपानी पाइपलाइनमा नआएको भन्दै स्थानीयहरुले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन् ।

सोमवार कोटेश्वर महादेव स्थानका स्थानीयहरु अन्य क्षेत्रमा मेलम्चीको नयाँ लाइनमार्फत आएको पानी बढी भएर खेर जाँदा समेत कोटेश्वर महादेवस्थान क्षेत्रमा पाइपलाइनबाट हाइटमा नचढ्दा घर–घरमा पानी नपुगेको भन्दै मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका हुन् ।स्थानीयहरुले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयलाई बारम्बार जानकारी गराउँदासमेत अझै पानीको पाइपबाट कोटेश्वर महादेवस्थान हाइटका घरहरुमा पानी पु¥याउन निर्देशनालयले नसकेको बताए । कोटेश्वर महादेवस्थानका स्थानीय गोविन्दराज पन्तले मेलम्चीको पानी चारैतिर बढी भएर फाल्दा समेत कोटेश्वर हाइटमा पानी नचढेको भन्दै समस्याको समाधानको लागि निर्देशनालयलाई ध्यानाकर्षणको गराएको बताउनु भयो ।

उहाँले खानेपानीको समस्या समाधान नभए ठेकेदारको समेत घर घेर्ने चेतावनी दिनुभयो । उहाँले निर्देशनालयले चार दिनभित्र पानी नपुगेको घरहरुमा पानी पु¥याउने प्रतिवद्धता जनाएको पनि बताउनु भयो । उहाँले आयोजनाको पाइपमा पानी नचढे स्थानीयहरुले पाइप दिने बताउनु भयो ।मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले कोटेश्वर हाइट क्षेत्रमा जोडिएको सिस्टमले हाइटमा पानी नपुग्ने भएकाले नयाँ पाइपलाइन बनाएको बताउनु भयो । उहाँले पुरानो लाइनमा नयाँ पाइपबाट पानी पठाए पनि हाइटमा र टाढा भएको घरमा पानी पुग्न नसक्ने बताउनु भयो । उहाँले हाइडोलिङ बिग्रिने भएकाले तत्काल पाइपमा पानी पठाउन नसकिएको भन्दै पानी दिन समस्या नभएको बताउनु भयो । समस्या समाधानको लागि अध्ययन गरेर माग सम्बोधन गर्ने बताउनु भयो ।
ध्यानाकर्षनपछि कोटेश्वर महादेवस्थानका स्थानीय र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशानालयबीच कोटेश्वर महादेव स्थानको खानेपानी समस्याका समाधानमा चारबुँदे सहमति भएको छ ।

ADVERTISEMENT

एक हप्तामा पानी वितरण हुने सहयोगी नगर क्षेत्र,दुई हप्ता भित्र पानी सञ्चालन हुने क्षेत्र धर्मस्थल मार्ग,महादेवस्थान कोटेश्वर वरिपरीको क्षेत्र, स्थानीयको माग बमोजिम पुरानो पाइपबाट पानी सञ्चालनको लागि तीन दिनभित्र काठमाडौं खानोपानी आयोजनालाई पत्राचार गर्ने र सिधा लाइनका लागि अध्ययन सक्ने, नयाँ सञ्जालबाट दुई हप्ताभित्र पानी नआएमा पानी वितरण गर्ने लाइनमा सिधा पाइप जडान गरेर पानी वितरण गर्ने सहमति भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *