ई-सेवा मनी ट्रान्सफरको आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाण्डाैं । आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाई गरेसँगै ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ ।

ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले आन्तरिक रेमिट्यान्स कारोबार पुस १७ देखि लागू हुनेगरी पूर्ण रूपमा बन्द गरेको बताएको हो । रेमिट्यान्स कम्पनीको मुख्य काम देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउन (इनवार्ड रेमिट) रहेको भन्दै आन्तरिक रेमिट्यान्सलाई बन्द गरी विदेशी रेमिट्यान्समा वृद्धि गर्ने उद्देश्य ई-सेवा मनी ट्रान्सफरको रहेको जनाएको छ ।

कम्पनीले आन्तरिक रेमिट्यान्स कारोबारलाई नियामक निकायले कडाइ गर्दै गएको, डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नुपरेको लगायत कारण आईतवारदेखि आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको ई-सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले कम्पनीको सम्पूर्ण ध्यान विदेशबाट स्वदेशमा रेमिट्यान्समार्फत विदेशी मुद्रा भित्र्याउन उपयोग गर्न आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपले बन्द गर्ने बोर्डले निर्णय गरेको बताउनु भयो ।

सिईओ कोईरालाले विप्रेषण विनियमावली ०६७ विनियम ७ को खण्ड (ञ) मा विप्रेषकले विदेशबाट विप्रेषणका रूपमा विदेशी मुद्रा प्राप्त गर्ने (इनवार्ड रेमिट्यान्स) कार्य मात्र गर्न पाउने व्यवस्था अनुसार नै काम गर्दै आएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीले विदेशबाट रेमिट्यान्समा विदेशी मुद्रा प्राप्त गर्ने कार्य मात्र गर्न पाउने व्यवस्थाको पूर्ण रूपमा पालना गर्नु निर्देशन दिएकाले राष्ट्र बैंकको निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्न आन्तरिक रेमिट्यान्स कारोबार बन्द गरिएको उल्लेख गर्नुभयो ।

ADVERTISEMENT

नेपाल सरकार र नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार प्रवर्द्धन र प्रोत्साहनलाई प्राथमिकतामा राखेको तथ्यलाई दृष्टिगत गरी ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रमिट्यान्स कारोबार बन्द गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सन् २०१९ मा ई-सेवा मनी ट्रान्सफरको स्थापना गर्‍यौं । २०२०बाट ई-सेवा मनी ट्रान्सफर कारोबार शुरुवात गर्‍यौं । मुलुकमा आन्तरिक रेमिट्यान्स चाहिन्छ भनेर शुरुवात गरेका थियौं । मुलुकको समग्र रेमिट्यान्समा १७ प्रतिशतसम्म आन्तरिक रेमिट्यान्सको योगदान रहेको छ । नेपालको रेमिट्यान्स हेरक वर्ष १० प्रतिशत मात्रै वृद्धि भएको देखिन्छ । आन्तरिक रेमिट्यान्सको खासै योगदान देखिँदैन ।

राष्ट्र बैंकले हरेक पटक आन्तरिक रेमिट्यान्स कारोबारलाईे कडाई गर्दै आएकाले ई-सेवा बोर्डले मुलुकको रेमिट्यान्स वृद्धि गर्न योगदान गर्न सकिने भनेर बन्द गरिएको हो । आन्तरिक रेमिट्यान्स कारोबार बन्द गर्नाले १३ अर्बसम्म रेमिट्यान्स आउनसक्छ । हाम्रो आन्तरिक रेमिट्यान्स कारोबार बन्द गर्नुको मुख्य उद्देश्य नै वैदेशिक रेमिट्यान्स बढ्न मद्दत गर्नु हो । बन्द गरे पनि अन्य विकल्पहरु रहेका छन् । डिजिटल रुपमा रेमिट्यान्सको कारोबार गर्दा लागत पनि कम हुन्छ ।’

उहाँले मुलुकको समग्र रेमिट्यान्समा वार्षिक रुपमा १० प्रतिशत मात्रै वृद्धि हुने गरेको बताउनु भयो । उहाँले विदेशी रेमिट्यान्स वृद्धि गर्न आन्तरिक रेमिट्यान्सले ठूलो योगदान गर्न नसकेको पनि बताउनु भयो । पछिल्ला महिनामा राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारमा कडाई गर्दै आएको छ । सोही क्रममा ०७८ फागुनमा आन्तरिक रेमिट्यान्सको कारोबार सीमा (मुलुकको एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स कम्पनी तथा उसका सब-एजेन्टमार्फत गरिने आन्तरिक रेमिट्यान्स स्थानान्तरण) घटाइएको थियो । त्यसयता प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाउने व्यवस्था छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज