बजार नपाउँदा केरा खेती जोखिममा

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 5 mins

डडेल्धुरा । बजार नपाउँदा डडेल्धुरा पर्शुराम नगरपालिकाका किसानको केरा बारीमै कुहिन थालेको छ । जिल्लाको दुर्गम बस्ती पर्शुराम नगरपालिकाको-६ खालीगडा, कराली, भोरकुण्डा गाउँमा स्थानीय कृषकले लगाएको हजारी, मुसे, मलौटे, मालभोग, तपसि, मुँगरी र देशी जातका लटरम्म फल्ने केराहरूको बजारीकरण नहुँदा खेर गइरहेको स्थानीयले जानकारी दिएका छन् ।

गाउँभरि केरा लगाइएका छन् तर बिक्री गर्ने बजार छैन, पाक्दै गरेका केरा बिक्री गर्न दुई घण्टा भारी बोकेर वडा नंं. ७ को सदरमुकाम साँदनी र चन्दनी पुग्नुपर्छ भन्दै स्थानीय भूपेन्द्र धामीले गुनासो गर्नुभयो । साँदनी बजारभन्दा उता गाडी चल्दैनन्, हरेक किसानले डोकोमा २५ दर्जन जति केरा बोकेर बजार चहार्दै जाँदा समयको बर्बादी त भयो नै कतिपय अवस्थामा त बाँडेर खाने र कुहिएर जाने केरालाई गाईवस्तुलाई खुवाउनुपर्ने बाध्यता रहेको धामी बताउनुहुन्छ ।

हरेक किसानसँग १५/२० केराका बोटहरू छन्, प्रत्येक बोटमा चार/पाँच घडी हुन्छन्, हरेक घडीमा १५ दर्जन जति केरा हुन्छन् र पचास रुपैयाँका दरले बिक्री गरिए पनि वार्षिक हजारौँ आम्दानी हुने निर्वाहमुखी केरा खेतीले पनि पायक पर्ने बजार नपाउँदा किसानहरू आय आर्जनबाट पनि वञ्चित भएको स्थानीय कृषक काशीराज खत्रीले बताउनुभयो । महाकाली कृषक समूहका अध्यक्षसमेत रहनुभएका खत्रीका अनुसार यस क्षेत्रलाई केरा विकास तथा प्रवद्र्धन गर्न स्थानीय पर्शुराम नगरपालिकालाई विगतमा पकेट क्षेत्रको रूपमा कार्यक्रम दिई किसानलाई व्यावसायिक रूपमा केरा खेतकिा लागि प्रोत्साहन गर्नुपर्ने प्रस्तावना दिए पनि नगरपालिकाले उपेक्षा गरेको उहाँको गुनासो थियो ।

ADVERTISEMENT

डडेल्धुरा जिल्लाको दक्षिणि अन्तिम सिमानामा रहेका स्थानीय जनता साँदनी कौवानी ब्रह्मदेव कञ्चनपुर सडक निर्माण कार्यले निरन्तरता नपाउँदा वार्षिक दुई लाख जतिको उत्पादन हुने केरा स्थानीय गाउँमा मात्र खपत नहुने साँदनीका स्थानीय किसान हर्कबहादुर मालले बताउनुभयो । परम्परागत रूपमा केरा खेती गरेका कराली क्षेत्रका जनताले केरा खेतीका लागि अहिलेसम्म कुनै पनि सरकारी निकायबाट आर्थिक, प्राविधिकलगायत कुनै सहयोग पनि नपाएको बताएका छन् । केरा पाकेपछि कहाँ लैजाने भन्ने पिरलो यहाँका कृषकलाई हुने गरेको स्थानीय खडक सिंह धामीले बताउनुभयो ।

केरा बिक्रीमा अधिकांश महिलाहरू घरको काम थाँती राखेर गाउँघरमा जाने गर्दछन्, एकातिर केराको भाउदरमा बार्गेनिङ अर्कोतिर केरा बिक्री गर्न दिनभरि समय खर्चिनुपर्ने यहाँका किसानहरूलाई रहेको स्थानीय कृषक महिला भागरथी देवी धामीले बताउनुभयो । तीन दशकदेखि सडक निर्माणको चर्चा रहे पनि यातायातका साधन र पहुँचबाट वर्षौंदेखि वञ्चित रहेका यस क्षेत्रका किसानहरूका लागि केरा बिक्री गर्ने सहज र नजिक बजार भारतको टनकपुर भए पनि महाकालीमा पुल नहुँदा आवागमन जोखिम र सास्तीपूर्ण रहेको भूपेन्द्र धामीले बताउनुभयो ।

बाटोघाटोको असुविधाले कृषि उपजको बजारीकरण तथा व्यवस्थापन सुविधाबाट पनि बञ्चितिकरणमा परेका स्थानीयका पीडालाई सम्बोधन गर्न सम्बन्धित निकायको ध्यान जानुपर्नेमा स्थानीयको माग पनि रहेको उनीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?