कुमारी र एनसिसीद्वारा एकीकृत कारोबार सुरु

Read Time = 2 mins

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसिसी) ले आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुवै बैंक मर्जरपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । दुवै बैंकले एक बराबर एक सेयर स्वाप रेसियोमा एक आपसमा मर्जर हुने प्रस्ताव पारित गरेका थिए ।

मर्जरपछि एकीकृत बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ५६ लाख रुपैयाँ पुगेको छ । कुमारी बैंकको १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार तीन सय २६ रुपैयाँ रहेको छ भने एनसिसीको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँबाट गत आवको मुनाफाबाट ३.३७ प्रतिशत (३७ करोड ५० लाख) बोनस वितरणपछि ११ अर्ब ५१ करोड ४६ लाख ७३ हजार रुपैयाँ चुक्ता पुँजी पुगेको थियो ।

ADVERTISEMENT

एकीकृत बैंकको निक्षेप तीन खर्ब दुई अर्ब बढी र कर्जा दुई खर्ब ८० अर्ब बढी हुनेछ भने शाखा संख्या तीन सय छ, एटिएम तीन सय ४४, एक्सटेन्सन काउन्टर ४७ र शाखारहित शाखा ६२ वटा पुगेको छ । एकीकृत कारोबारपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसिसी बैंकका रमेशराज अर्याल र कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत रहेका रहनुभएको छ ।

मर्जरपछि कुमारी बैंकमा नयाँ सञ्चालक समिति गठन भएको छ । नयाँ सञ्चालक समितिको अध्यक्षमा अमिरप्रताप राणा र सञ्चालकमा एनसिसी बैंकका पूर्वअध्यक्ष चन्द्र बास्तोला तथा इमानसिंह लामा र कुमारी बैंकका कृष्णप्रसाद ज्ञवाली तथा महेश पोखरेल रहनुभएको छ । कुमारी बैंकमा हालसम्म अन्य १० बैंक तथा वित्तीय संस्था विलय भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज