पाल्पाको भैरवस्थान मन्दिरमा माछापुछ्रे बैंकको क्युआर सेवा

Read Time = 5 mins

पाल्पा । एसियाकै ठूलो त्रिशूल रहेको पाल्पाको ऐतिहासिक धार्मिक स्थल भैरवस्थान मन्दिरमा माछापुछ्रे बैंकले क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले भैरवनाथ मन्दिर व्यवस्थापन समितिको समन्वयमा मन्दिर परिसरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले एक औपचारिक कार्यक्रमका बिच मन्दिर व्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बैंकका लुम्बिनी प्रदेश प्रमुख नारायण केसी, पाल्पा शाखाका प्रमुख अमित भट्टमार्फत रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद पोखरेललाई क्यूआर कोड हस्तान्तरण गर्नुभएको हो । यो सेवा सञ्चालनमा आएपछि रिब्दीकोट गाउँपालिका-४ मा रहेको उक्त मन्दिरमा आउने दशनार्थीहरुले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन् । क्यूआर कोड हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष कार्कीले मन्दिरमा आउने दशनार्थीहरुका लागि क्यूआर कोडले महत्वपूर्ण टेवा पुुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मन्दिरको आर्थिक पक्षलाई समेत यो सेवाले पारदर्शी बनाउने बताउनुभयो । समयको माग अनुसार बैंकले वित्तिय क्षेत्रमा काम गर्दै आएको बताउँदै अध्यक्ष कार्कीले मन्दिर पसिरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएकोमा बैंकलाई धन्यवाद दिनुभयो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले हिजो आज मन्दिरमा आउने दशनार्थीहरुले क्यूआर सेवा खोज्ने गरेको बताउनुभयो । उहाँले उनीहरुको चाहनालाई मध्यजनर गरेर नै बैंकसँग सहकार्य गरी उक्त सेवा लिन सफल भएको बताउनुभयो । अध्यक्ष पोखरेले अहिलेको युग भनेको प्रविधिको युग भएकाले मन्दिरको व्यवस्थापनलाई समेत प्रविधिसँग जोड्ने काम गरेको बताउनुभयो ।

ADVERTISEMENT

कार्यक्रममा बैंक लुम्बिनी प्रदेशका प्रमुख नारायण केसीले क्यूआर कोडको प्रयोगका बारेमा जानकारी गराउनुभएको थियो। उहाँले क्यूआर कोडको प्रयोगबाट नगद कारोबारको जोखिमलाई न्यूनीकरण गरी सुरक्षित रुपमा डिजिटल बैंकिङ कारोबार गर्न मन्दिरमा आउनेहरुलाई विशेष सहयोग पुग्ने समेत विश्वास व्यक्त गर्नुभयो । प्रमुख केसीले बैंकलाई नगदरहित बैंकिङ्ग बनाउने दिशामा आफुहरु अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष सोमबहादुर कार्की, वडा सदस्य राजेन्द्र नेपाल मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष विरेन्द्र मिदुन लगायतले क्यूू आर सेवाले आर्थिक पारदर्शीता र मन्दिरमा आउनेहरुको सहज सेवाका लागि उपयोगी बन्नेमा जोड दिनुभयाे । बैंकका पाल्पा शाखाका विरेन्द्र रावलले आफुहरुले भैरव मन्दिरमा पहिलेदेखि नै क्यूआर सेवा सञ्चालनमा ल्याउने प्रयास गरे पनि अहिले आएर सफल भएको बताउनुभयो । उहाँले अन्य ठाउँहरुमा पनि सेवा विस्तार गरिने हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।

बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राख्नुका साथै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज