राष्ट्रिय एकता तथा मेलमिलाप दिवस : बीपीलाई सिन्धुलीमा यसरी सम्झिए कांग्रेस नेताले

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 6 mins

सिन्धुली । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुशिला थिङले प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (वीपी) ले अवलम्बन गरेका राष्ट्रिय मेलमिलाप नीतिलाई अनुशरण गरेर अघि बढ्न आवश्यकता रहेको बताउनु भएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शनिबार नेपाली कांग्रेस सिन्धुलीले सिन्धुलीमाडीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेता तथा कार्यकर्ताले वीपीको मेलमिलापलाई आफ्नो जीवनमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

वीपीको मेलमिलाप नीतिलाई कांग्रेसले व्यक्तिव्यक्तिबीच पुर्याउन जरुरी रहेको उहाँको धारणा छ । ‘वडा, जिल्ला हुँदै प्रदेश र संघसम्म वीपीको मेलमिलाप नीति लागु गर्न सके मुलुकका धेरै समस्याहरु समाधान हुन्छन्, बीपीको मेलमिलाप नीतिलाई हाम्रो जीवनमा रुपान्तरण गरौँ । विचारको पुस्तान्तरण पार्टीभित्रै हुन जरुरी छ,’ उहाँले भन्नुभएको हो ।

नेपाली कांग्रेसका निर्वतमान सभापति उज्ज्वल प्रसाद बरालले वीपीको नेतृत्व, विचार, धारणा, जिवनशैली र उहाँको योग्दानलाई सम्झिनु भयो । अहिले देश संकटमा परेको विचार व्यक्त गदैँै उहाँले भन्नुभयो, ‘बीपीले पहिले नै भन्नुभएको छ नी, प्रजातन्त्र नरहे देशनै रहँदैन, देशमा हिजोभन्दा आज झन संकट देखिरहेको छु । यो राष्ट्रिय संकटबाट देशलाई जोगाउने हो भने प्रजातान्त्रिक धारलाई अझै बलियो बनाउनु पर्छ । प्रजातन्त्र कमजोर हुनुको अर्थ हो, यो देशलाई फेरी संकटमा झार्नु ।’

विपरीत धारमा रहेको कम्युनिष्टलाई काँधमा हालेर हिड्नु पर्या कारणले राष्ट्रिय संकटको अवस्था सिर्जना भएको उहाँको भनाई छ । कम्युनिष्टलाई विश्वास गर्नु हुँदैन, कम्युनिष्ट कुनै न कुनै देशका दलाल हुन्छन्, कम्युनिष्टसँग हाम्रो कुनै पनि सन्दर्भ मिल्दैन । वीपीले भन्नुभएको कुरा सम्झँदै उहाँले भन्नुभयो ।

ADVERTISEMENT

देश नरहे राजनीति टिकिरहन नसक्ने कुरा प्रष्ट्याउँदै उहाँले राजनीतिभन्दा देश ठूलो हुने बताउनुभयो । प्रजातान्त्रिक धारलाई उध्याई राख्नको लागि प्रजातान्त्रिक संस्कारलाई सच्याएर अघि बढ्नु पर्ने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलले कांग्रेस सत्ताको लागि नभई जनता, देश र लोकतन्त्रको लागि राजनीतिमा लागेको बताउनुभयो । मुलुकको ऐतिहासिक विरासत बोकेको लोकतन्त्रको पर्यावाची शब्द नै कांग्रेस रहेको सुनाउनुभयो । सत्तामा नबस्दा पनि कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गरिरहेको र गरिरहने उहाँको भनाई छ । प्रतिपक्षमा बसेपनि सत्तापक्षका गलत क्रियाकलाप विरुद्ध सडकमा उत्त्रिएर सजक गराउने उहाँले सुनाउनुभयो । सबैभन्दा ठूलो दल हुँदाहुँदै पनि सत्ताबाट विमुख हुन परेकोे अहिलेको परिस्थितीमा हतास नबनी र निरास नभई जनताको सेवामा जुट्न उहाँले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई सुल्झाउनुभयो ।

नेपाली कांग्रेसका सचिव ईस्वर बस्नेतले सहजिकरण गर्नुभएको कार्यक्रममा बीपीको राजनीतिक तथा सामाजिक जीवनबारे अन्य नेता तथा कार्यकर्ताले समेत परिचर्चा गरेका थिए । वीपीको स्मरण गदैँ सिन्धुलीमाडी स्थित लोकतान्त्रिक चोकमा आज साँझ दिपप्रज्वल समेत गरिएको छ ।
२०१७ साल पुस १ गते वीपी कोइराला प्रधानमन्त्री भएकै समयमा राजा महेन्द्रबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाएका थिए । बीपीलगायतका नेतालाई थुनिएको थियो । त्यसको ८ वर्षपछि २०२५ कात्तिक १४ गते रिहाइ भएपछि आफ्ना सहकर्मीसहित बिपी भारत पलायन हुनुभएको थियो । त्यसको ८ वर्षपछि २०३३ साल पुस १६ गते उहाँ गणेशमान सिंहसहित राजासँग विद्रोह होइन, मेलमिलाप गर्नुपर्छ भन्ने नीति लिएर स्वदेश फर्किनुभएको थियो । त्यसै वर्षदेखि पुस १६ लाई नेपाली कांग्रेसमा आस्था राख्ने सबैले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउँदै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?