पुटिनले बाइडेन, म्याक्रोन र जर्मन चान्सलर स्कोल्जलाई नयाँ वर्षको शुभकामना नदिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जलाई अंग्रजेी नयाँ वर्षको शुभकामना नदिने भएका छन् । रुसी प्रशासन क्रेमलिनले उक्त जानकारी दिएको हो ।

विश्व नयाँ वर्षको घण्टी बजाउन तयारी गरिरहेको बेला पुटिनले टर्की, सिरिया, भेनेजुएला र चीनलगायत क्रेमलिन-मैत्री देशका नेताहरूलाई बधाई सन्देश पठाएका छन् ।

ADVERTISEMENT

तर, पुटिनले युक्रेनमा पुटिनको आक्रमणलाई लिएर मस्कोमाथि अभूतपूर्व प्रतिबन्ध लगाएका संयुक्त राज्य अमेरिका, फ्रान्स र जर्मनीका नेताहरूलाई नयाँ वर्षको शुभकामना दिने छैनन् । ‘हामीसँग हाल उनीहरूसँग कुनै सम्पर्क छैन’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने ।

पुटिनले २४ फेब्रुवरीमा युक्रेनमाथि रुसी हमला सुरु गरेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?