हुस्सुका कारण आन्तरिक उडान प्रभावित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपालमा पछिल्ला दिनहरूमा चिसो ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको हो ।

मुलुकभर तापक्रम घट्दा चिसो बढेको हो। तराईमा भने दिनभर हुस्सु लाग्न थालेको छ । जसकारण जनजीवन प्रभावित भएको छ । हुस्सुका कारण आन्तरिक उडानसमेत प्रभावित भइरहेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हुस्सुका कारण बिहान तराईका सबै विमानस्थलमा पारदर्शिता (भिजिबिलिटी) उडान हुनै नसक्ने गरी घटेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हुस्सुका कारण बिहानपख तराईका सबै विमानस्थलको उडान प्रभावित हुने गरेको छ ।

ADVERTISEMENT

बिहीबार भैरहवा र जनकपुर विमानस्थलको भिजिबिलिटी १ मिटरमा झरेको थियो भने विराटनगरको भिजिबिलिटी २ मिटरसम्म थियो। उडानका लागि भिजिबिलिटी कम्तीमा एक हजार ६ सय मिटर चाहिन्छ ।

पछिल्लो २४ घन्टाको तथ्यांक हेर्दा डडेल्धुराको न्यूनतम तापक्रम ४.९ डिग्री छ भने दिपायलको तापक्रम ३.६ डिग्रीमा झरेको छ । वीरेन्द्रनगरमा २.५, पोखरामा ५.८, ओखलढुंगामा ५, ताप्लेजुङमा ४.६ र जिरीमा माइनस २ डिग्रीमा तापक्रम झरेको छ । तराईमा पनि न्यूनतम तापक्रम घटेको छ ।

महाशाखाका अनुसार धनगढीको न्यूनतम तापक्रम ६.२, नेपालगन्जमा ८.३, भैरहवामा ९.४, विराटनगरमा ८.१ र जनकपुरमा ७ डिग्री मापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *