काठमाडौं । काठमाडौंमा रहेको नेपाल अर्थोपेडिक अस्पताललाई ४० थान कम्बल हस्तान्तरण गरिएको छ । डा. राजेश राजभण्डारी र होप वल्र्डवाइडको टोलीले बिहीबार अस्पतालमै पुगेर उक्त कम्बल हस्तान्तरण गरेको हो । विपन्न र गरिब बिरामीलाई लक्षित गरी उक्त कम्बल वितरण गरिएको होपका कृष्ण विनोद दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालको जनरल वार्डमा रहेका विपन्न, गरिब बिरामीहरूलाई चिसोबाट समस्या भएको जानकारी आएपछि संस्थाको तर्फबाट कम्बल वितरण गरिएको हो । बिहीबार अस्पताललाई ४० वटा कम्बल हस्तान्तरण गरिए पनि अझै माग रहेको र अन्य अस्पतालबाट पनि कम्बलको माग रहेकाले अझै ६० वटा कम्बल चाँडै वितरण गर्ने योजना रहेको उहाँले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । बाँडिएका सबै कम्बल बिरामीलाई प्रयोग गरिने अस्पतालले जनाएको छ ।
नेपाल अपांग संघ जोरपाटी र रोटरी इन्टरनेसनल च्यारिटेबलको संयुक्त आयोजनामा सन् १९९० मा उक्त अस्पताल स्थापना भएको हो । यो गैरनाफामूलक र सेवामूलक अस्पताल हो । कम्बल हस्तान्तरण कार्यक्रममा संस्था र अस्पतालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा