क्यान्सर फाउण्डेशनलाई प्राइम बैंकको मोबाइल भ्यान

Read Time = 1 min

काठमाडौं । नेपाल क्यान्सर केयर फाउण्डेशनले गाउँ तथा शहरी क्षेत्रमा पनि स्वास्थ्य पहुँच तथा चेतना कम भएका टोल-टोलमा पुगेर महिलामा हुने स्तन र पाठेघर क्यान्सर परीक्षणमा योगदान पुर्‍याउँदै आएको छ । फाउण्डेशनको कार्यलाई सहजीकरण गर्न र परीक्षणको दायरा बढाउन परीक्षणका लागि आवश्यक यन्त्र उपकरण जडित मोबाइल भ्यान प्राइम कमर्शियल बैंकले बिहीबार एक समारोहबीच फाउण्डेशनलाई हस्तान्तरण गरेको छ ।

बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले फाउण्डेशनलाई मोबाइल भ्यान हस्तान्तरण गर्नुभएको छ । बैंकको सानो सहयोगले आमा, दिदी, बहिनीलाई हुन सक्ने क्यान्सर रोगको समयमै निदान गर्ने र समयमै उपचार गर्न सहयोग गर्दा जनधनको क्षतिमा न्यूनीकरण गर्न सम्बद्ध सबैलाई उल्लेख्य सहयोग पुग्ने बैंकको अपेक्षा छ ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज