प्रभुको आठ प्रतिशत लाभांश पारित

Read Time = 1 min

काठमाडौं । प्रभु बैंकको आठ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २१औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

ADVERTISEMENT

साथै साधारणसभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटलको गत आव २०७८/०७९ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । त्यस्तै, सेञ्चुरी कमर्शियल बैंकको सय कित्ता सेयर बराबर प्रभु बैंकको सय कित्ता सेयर प्रदान गर्ने गरी सेञ्चुरी कमर्शियल बैंकलाई प्राप्ति गर्ने संयुक्त मर्जर समितिको अन्तिम सम्झौता पनि पारित गरेको छ । बैंकले अधिकृत पुँजी वृद्धि गरी २४ अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?