काठमाडौं । नवनिर्वाचित सांसद्हरूलाई अपांगता भएका व्यक्तिहरूले बुधबार एउटै प्रश्न गरे ‘नवगठित संसद्मा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व खोइ ?’ अर्थात् ‘हाम्रो राजनीतिक अधिकार खोइ ?’ राजधानी, काठमाडौंमा नेत्रहीन युवा संघ नेपालद्वारा आयोजित एक विशेष समारोहमा अपांगता भएका व्यक्तिहरूको राजनीतिक सुनिश्चितता नभइरहेको अवस्थालाई मध्यनजर गर्दै सो सवाल उठाइएको हो ।
समारोहमा नेपाली कांग्रेस, नेकपाएमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमत पार्टी लगायत २६ जना माननीय सांसदहरूको उपस्थितिमा आयोजित सो समारोहमा सबै दलहरूलाई अपांगता भएका व्यक्तिहरूको राजनीतिक सहभागिताका लागि निर्णायक भूमिका खेल्न सुझाव दिइएको थियो भने राजनीतिक दलका प्रतिनिधिहरूले संविधानमा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वको सुनिश्चितता गरेको भए तापनि केही प्राविधिक समस्याका कारण समेट्न नसकिएको जानकारी दिँदै आगामी दिनमा ‘वा अथवा, तर जस्ता शब्दहरूका कारण परेको यो समस्यालाई नीतिगत रूपमै हटाउन व्यवस्था गरी अनिवार्य रूपमा अपांगता भएका व्यक्तिहरूलाई समेट्ने’ प्रतिबद्धता व्यक्त गरेका थिए ।
समारोहमा विभिन्न राजनीतिक दलका भ्रातृ तथा सुवेच्छुक संघसंस्थाका प्रतिनिधि तथा अपांगता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । समारोहका सहभागीले देशमा सम्पन्न तिनै तहको निर्वाचनमा अपांगता भएका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको भए तापनि विद्यमान कानुनी केही प्रावधानका कारण सबै अपांगता भएका व्यक्तिहरूले निर्वाचन प्रक्रियामा भाग लिन नपाएको अवस्था रहेको औंल्याउँदै सीमित कानुनी प्रावधान अर्थात् अपांगतामैत्री कानुनी व्यवस्था नहुँदा अझ सक्रिय रूपमा अपांगता भएका व्यक्तिहरूको सहभागिता हुन नसकेको बताएका थिए । दृष्टिविहीनहरूको हकमा आफ्नो इच्छाइएको व्यक्तिलाई मतदान सहयोगीको रूपमा राख्न नपाउँदा आफ्नो अधिकारको सदुपयोग गर्न नसकेको बताएका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts