नयाँ कोभिड नियम लागु गर्ने अमेरिकाको तयारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

वासिङटन । अमेरिकाले चीनबाट आउनेहरूमाथि नयाँ कोभिड नियमहरू लागु गर्ने तयारी गरेको छ । बेइजिङले आगामी महिनादेखि आफ्नो सीमाना खुला राख्ने घोषणा गरेपछि अमेरिका सतर्कता उपायहरू अपनाउन थाले‍को हो ।

अमेरिकी अधिकारीहरूले चीनमा कोभिड-१९ संक्रमित घटना वृद्धि भएकाबेला चीनले पारदर्शी ढंगले वास्तविक तथ्यांक बाहिर नल्याएकाले नयाँ निमय ल्याउन लागिएको बताए ।

ADVERTISEMENT

जापान, मलेसिया र ताइवान यसअघि नै कोभिड भित्रिने डरले स्वास्थ्य परीक्षणमा नेगेटिभ देखिएकाहरूसहित चीनबाट आउने पर्यटकहरूमाथि स्वास्थ्य सम्बन्धी कडा नियमहरू लागु हुने बताइसकेका छन् ।

बेइजिङले वैज्ञानिक आधारमा कोभिड नियमहरू ल्याइनुपर्ने बताएको छ । भारतले पनि चीनबाट आउने पर्यटकहरूमाथि कडा निगरानी राख्दै सुरक्षाका उपायहरू अपनाइरहेको छ । तर, भारतले भने बेइजिङले कडा सीमाना नीति फुकुवा गर्नुअघि नै सतर्कता उपायहरू अपनाउन थाले‍को हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?