निजी क्षेत्रको आन्दोलन स्थगित, अर्थमन्त्रीले जनाए व्यवसायीहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता

Read Time = 2 mins

काठमाडौं । आन्दोलनलाई निरन्तर दिने निर्णयबाट निजी क्षेत्र पछि हटेको छ । ब्याजदर कम गर्नुपर्ने र चालू पुँजी कर्जा कार्यविधि कम्तीमा दुई वर्षको लागि स्थगित गर्नुपर्ने माग राख्दै देशैभर आन्दोलन गरिरहेको निजी क्षेत्र बुधबार अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा माग सम्बोधन गर्ने आश्वासन पाएपछि पछि हटेको हो ।

मंगलबार बधाई दिन पुगेका निजी क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्री पौडेलले बुधबार आन्दोलनरत उद्योगी व्यवसायीसँग पुनः भेट गर्नुभएको थियो। भेटका क्रममा अर्थमन्त्री पौडेलले सबै माग चाँडोभन्दा चाँडो सम्बोधन गर्ने आश्वासन दिएको उद्योग वाणिज्य महासंघले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार ५ बजे आकस्मिक पत्रकार सम्मेलन गरी आन्दोलन स्थगित गरिने जानकारी दिएको छ ।

ADVERTISEMENT

बुधबार नेपाल उद्योग वाणिज्य महासंघको वार्ता टोलीको नेतृत्व भने पूर्वअध्यक्ष भवानी राणाले गर्नुभएको थियो । अर्थमन्त्री पौडेलले विज्ञ टोलीसँग छलफल गरेर उद्योगी व्यवसायीहरुको मागको सम्बोधन हुने प्रतिवद्धता जनाएकोले आफूहरुले आन्दोलनलाई स्थागित गरेको महासंघले जनाएको छ ।

अर्थमन्त्रीले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या समाधानका बारेमा विज्ञहरुसँग छलफल गरेपछि उद्योगी व्यवसायीलाई समेत राखेर मात्रै निर्णय गर्ने बताउनु भएको थियो । बुधबार भएको छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समेत सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज