रुसद्वारा मूल्य सीमा प्रयोग गर्ने देशलाई तेल बिक्रीमा प्रतिबन्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मस्को । रुसले यस महिनाको सुरुमा पश्चिमी राष्ट्रहरूले सहमति गरेको मूल्य सीमाको पालना गर्ने देशहरू र कम्पनीहरूलाई तेल बिक्रीमा प्रतिबन्ध लगाएको छ । जी ७ राष्ट्रहरूको समूह, अष्ट्रेलिया र इयुसँग सहमत भएको मूल्य सीमा डिसेम्बर ५ मा लागु भएको थियो ।

क्यापले देशहरूलाई रूसी तेलको प्रति ब्यारेल ६० डलरभन्दा बढी तिर्न निषेध गर्दछ । रुसले अब आफ्नो तेल र तेल उत्पादनहरू मूल्य सीमा लगाउने कसैलाई बिक्री नगर्ने बताएको छ ।

ADVERTISEMENT

राष्ट्रपतिको आदेशमा यो प्रतिबन्ध फेब्रुवरी १ देखि जुलाई १ सम्म पाँच महिनासम्म लागू हुने बताएको छ ।

आदेशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिबन्धमा परेका देशहरूलाई आपूर्ति गर्न विशेष अनुमति दिन सक्ने पनि भनिएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज