काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ नेतृत्व चयन भएको छ । गत शनिबार सम्पन्न क्यान महासंघको महाधिवेशनबाट अध्यक्षमा रणजितकुमार पोद्दार निर्विरोध चयन हुनुभएको छ । सोमबार बसेको बैठकले केहीमा निर्विरोध र केही पदमा निर्वाचन गरी पदाधिकारी चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा खुशल रेग्मी, उपाध्यक्षमा राजेन्द्रप्रसाद अर्याल, सरिता सिंह, हर्कबहादुर सेटी, ध्रुवराज शर्मा (सुदिप) र महासचिवमा चिरञ्जीवी अधिकारी चयन हुनुभएको छ । कोषाध्यक्षमा नवीन जोशी, सचिवमा सुमनलाल प्रधान, बुद्धरत्न मानन्धर, ई. प्रताप सापकोटा, भुपालदास श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, भूपेन्द्र मैनाली, कर्णराज पनेरू निर्वाचित हुनुभएको छ ।
सदस्यमा विश्वराम बलामी, अग्मा मालाकार, सिर्जना श्रेष्ठ, सुभास खड्का, बिक्रम सिंह, दिव्यतारा शाक्य, निरञ्जन पटेल, केशवप्रसाद भट्टराई, हेमपाल श्रेष्ठ, मिना अर्याल, ठाकुरकुमार श्रेष्ठ, उमेश रघुवंशी, दिपक साह, सरिता न्यौपाने, शेखरनाथ दुलाल, सरूना श्रेष्ठ, चिन्तामणि बास्तोला, तुलसीराम पाण्डे, डा. अभिजित गुप्ता, दिपेन्द्र पौडेल, मनिराज पाण्डे, रामकिशोर रावल, राजु कट्टेल, रीना श्रेष्ठ रहनुभएको छ । मनोनीत सदस्यमा भानुभक्त शर्मा तथा लेखासमिति संयोजकमा प्रभात श्रेष्ठ, सदस्यमा हृदयमान श्रेष्ठ र विक्रान्त कार्की रहनुभएको क्यान महासंघले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements