नागढुंगाबाट खैरो हेरोइनसहित २ जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगा नाकाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । खैरो हेरोइन जस्तो देखिन ४ ग्राम ५ मिलिग्राम पदार्थसहित सोमबार उनीहरूलाई  पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका १७ का २४ वर्षीय सिद्धार्थ चौधरी र सोही ठाउँका २४ वर्षीय दिनेश चौधरी रहेका छन् ।

ADVERTISEMENT

झापादेखि काठमाडौं आउँदै गरेको बागमती  प्र ०३-००१ ख १६०१ नम्बरको बसलाई चेकजाँच गर्न क्रममा उक्त पदार्थसहित फेला पारी बसमा सवार उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?