यस्तो देखियो सपथग्रहण (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री दाहालसँगै ७ जना मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनु भयो

आठ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एर्व अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद उपप्रधान एवं गृह मन्त्रालय रवि लामिछानेले सम्हाल्नुहुनेछ ।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहनुभए पनि मन्त्रालय भने तोकिएको छैन । राष्ट्रपति भवन शीतलनिवासमा भएको सपथग्रहणमा प्रधानमन्त्री दाहालपछि त्रयः उपप्रधानमन्त्रीर त्यसपछि मन्त्रीहरुले सपथग्रहण गर्नुभएको छ ।

सपथ ग्रहणमा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनालगायत प्रमुख दलका शीर्ष नेताहरु पुग्नुभएको थियो ।
प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

त्यस्तै मन्त्रीहरु मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?