प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी प्रमको बधाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले बधाई दिएका छन् । सोमबार एक ट्वीटमार्फत् प्रधानमन्त्री शरिफले प्रचण्डलाई बधाई दिएका हुन् ।

उनले लेखेका छन्,  ‘नेपालको प्रधानमन्त्री भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई छ । क्षेत्रीय साझेदारका रूपमा नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यसपछि दुई देशबीचको क्षेत्रीय सहकार्य द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेछ अपेक्षा गरेको छु’

ADVERTISEMENT

यसअघि नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई छिमेकी मुलुक चीन र  भारतले बधाई दिइसकेका छन् । नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनले पनि प्रचण्डलाई बधाई दिएका छन् । आइतबार एमालेसहितका दलहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुभएकाे हाे । उहाँले आजै साँझ पद तथा गोपनीयताको शपथ लिँदैहुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?