एकैदिन वाणिज्य बैंकका पाँच शाखा

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकैपटक पाँचवटा शाखा विस्तार गरेको छ । प्रदेश १ स्थित शाखा कार्यालय ताप्लेजुङ, तेह्रथुम, धुलाबारी, मधेश प्रदेशस्थित शाखा कार्यालय मलंगवा र बागमती प्रदेशस्थित शाखा कार्यालय रसुवाको शनिबार उद्घाटन गरिएको छ । पछिल्लो शाखासँगैै बैंंकको शाखा संख्या २६४ पुगेको बैंकले जनाएको छ ।

ADVERTISEMENT

ताप्लेजुङको बैंक सञ्चालक दिलिपकुमार ढुंगाना, तेह्रथुमको म्याग्लुङ नगरका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे, धुलाबारीको झापा १ ‘ख’ का प्रदेश सांसद गोपाल तामाङ, शाखा कार्यालय मलंगवाको सर्लाही २ ‘ख’ का प्रदेश सांसद कौशलकिशोर दास र शाखा कार्यालय रसुवाको रसुवा ‘ख’ का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले उद्घाटन गर्नुभएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज