इमरान खानकी पूर्वपत्नीले गरिन् तेस्रो विवाह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रेहम खानले अमेरिकामा रहेका पाकिस्तानी अभिनेता तथा व्यंग्यकार मिर्जा बिलालसँग विवाह गरेकी छन् ।

सन् २०१४ खानसँग विवाह गरेकी ४९ वर्षीया ब्रिटिश–पाकिस्तानी पत्रकार रेहमले ट्वीटरमा अमेरिकी सहर सिएटलमा एक साधारण निकाह समारोहमा बिलालसँग आफ्नो विवाह भएको घोषणा गरेकी हुन ।

उनले आफ्नो र बिलालको निक्का समारोहको तस्विर पनि ट्विटरमा सेयर गरेकी छिन् । पहिलो तस्बिरमा विवाहको औंठी देखाउँदै जोडीले हात समातेको देख्न सकिन्छ ।

रेहम र बिलाल दुवैको यो तेस्रो विवाह हो ।

ADVERTISEMENT

रहमको पहिलो विवाह इजाज रहमानसँग भएको थियो, जो एक मनोचिकित्सक हुन्। यो जोडीले सन् १९९३ मा विवाह गरे र सन् २००५ मा सम्बन्धविच्छेद भएको थियो ।

उनको दोस्रो विवाह इमरान खानसँग भएको थियो, जुन मुश्किलले १० महिना टिकेको थियो । जियो न्युजकाअनुसार यो जोडीले २०१४ मा विवाह गरेको थियो र २०१५ मा सम्बन्धविच्छेद भएको थियो ।

खानसँगको सम्बन्धविच्छेदपछि रेहमले उनलाई ‘विश्वासघाती’ भएको आरोप लगाएकी थिइन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *