उम्मेदवार र दललाई निर्वाचन खर्च विवरण पेस गर्न आयोगको ताकेता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न ताकेता गरेको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले तोकिएको समयमा खर्चको विवरण पेस नगर्ने विजयी र पराजित दुवै उम्मेदवार तथा राजनीतिक दललाई कानुनबमोजिम कारबाही र जरिवाना हुने बताउनुभयो ।

आयोगले तोकिएको निर्वाचन खर्चको अधिकतम् हदलाई निश्चित ढाँचामा विवरण पेस गर्न गत मंसिर १२ गते निर्देशन दिएको थियो । आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्या र भूगोलका आधारमा प्रतिनिधिसभाको प्रत्यक्षका लागि २५ लाखदेखि ३३ लाखसम्म र प्रदेशसभाको प्रत्यक्षतर्फ १५ लाखदेखि २३ लाखसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको थियो । समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभाका लागि सम्बन्धित दलले पेस गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्याअनुसार प्रतिउम्मेदवार दुई लाख र प्रदेशसभातर्फ एक लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको थियो ।

ADVERTISEMENT

निर्वाचनमा पहिलो हुने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मत परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने व्यवस्थाबमोजिम कतिपय उम्मेदवार र दलले बुझाउन थालेका छन् । प्रदेश र जिल्ला तहमा बुझाइएको विवरण संकलन भइरहेको आयोगले जनाएको छ । प्रवक्ता पौडेलले निर्वाचनमा प्रत्यक्ष तर्फका उम्मेदवारले खर्चको विवरण नबुझाएमा तोकिएको निर्वाचन खर्चको हद वा आयोगले तोक्ने जरिवानामध्ये जुन बढी हुन्छ, त्यो रकम बराबरको जरिवाना तथा समानुपातिकतर्फ बन्दसूची पेश गर्ने राजनीतिक दलले खर्च विवरण नबुझाएमा दलको प्रतिसमानुपातिक उम्मेदवारका लागि प्रतिउम्मेदवारको प्रतिउम्मेदवार २ लाख रुपैयाँका दरले हुने रकमसम्म जरिवाना हुन सक्ने बताउनुभयो । विवरण पेस गर्दा दलले हेलिकप्टर प्रयोग गरेको भए सोसमेत र दलले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेस गर्न आयोगले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?