ग्लोबल आइएमईका थप आठ शाखारहित सेवा

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबार थप आठ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले धनुषाको धनुषाधाम नगरपालिका ९, महोत्तरीको मनरा शिसवा नगरपालिका १, गुल्मीको मुसिकोट नगरपालिका ४ र वडा २, उदयपुरको कटारी नगरपालिका २ मा नयाँ शाखारहित सेवा सञ्चालनमा ल्याएको हो ।

ADVERTISEMENT

त्यसैगरी अर्घाखाँचीको पाणिनी गाउँपालिका ६, कपिलवस्तुको शिवराज नगरपालिका ९ र कैलालीको चुहा नगरपालिका ७ मा पनि शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । पछिल्ला शाखारहित सेवासँगै शाखारहित सेवा संख्या २८३ पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज