काठमाडौं । नेपाली चिया पारखीका लागि चिया चुस्कीले विभिन्न स्वादका चिया बजारमा ल्याएको छ । नेपालको चिया भूमिका रूपमा परिचित इलामको उत्कृष्ट सुगन्धित चियाका ताजा पत्ता मिश्रण गरी रक्तकाली चिया उद्योग इलामबाट उत्पादित ग्रिन टी, हृवाइट टी, एल्लो टी, आइस टी तथा सिटिसी चिया चिया चुस्की ब्राण्डका बहुस्वादिलो चिया ल्याएको हो ।
उक्त चिया नेपाली बजारमा पाइने उत्कृष्ट चियामध्येमा पर्ने कम्पनीको दाबी छ । विषादीरहित बगानका ताजा चियाका पत्ताबाट उत्पादन गरिएको यसमा एण्टिअक्सिडेन्ट भएकाले शरीरमा भएका जीवित कोषलाई सुरक्षा दिई मृत कोषलाई पुनर्जीवित गरी क्यान्सर उत्पन्न गर्ने कोशिका मार्न सहयोग गर्ने बताइएको छ । नियमितरूपमा यो ब्राण्डको चिया सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ ।
अनावश्यकरूपमा शरीरमा जमेको बोसो पगाली शरीरको तौललाई नियन्त्रण गर्छ । मुख तथा श्वासको दुर्गन्ध हटाई सुगर रोग तथा उच्च रक्तचापबाट उत्पन्न हुने जोखिम नियन्त्रण गरी मुटुरोग तथा हृदयघातबाट समेत बचाउने कम्पनीको दाबी छ । यसको प्याकेजिङ र बजारीकरण कृषि फार्म विराटनगर १९ ले गरेको फार्मका सुरेश भट्टराईले जानकारी दिनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts