बैतडी शिक्षक हत्या प्रकरण

अभियुक्त बोहरा दम्पती सार्वजनिक, शौचालय गएकी श्रीमतीलाई अँगालो हालेको देखेपछि हत्या गरेको स्वीकार

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न अभियुक्त बोहरा दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिका-२ ग्वानी घर भई कृष्ण माविमा पढाउँदै आउनुभएका शिक्षक विष्टको हत्यामा संलग्न पुर्चौंडी नगरपालिका-३ न्वादेउ घर भएका प्रजा बोहरा र विमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयमा बिहीबार पत्रकार सम्मेलनमार्फत प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो ।

पुस १ गते राति शिक्षक विष्टले विमलामाथि अभद्र व्यवहार गरेको र त्यसको झोंकमा प्रजाले शिक्षक विष्टलाई मुक्का हानेर ढलाएको प्रहरीको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । साँझको समयमा विमला बोहरा शौचालय जान्छु भनी बाहिर निस्केकी र ढिलो गरेपछि खोज्न जाँदा शिक्षक विष्टले अँगालो हालेको देखेपछि प्रजाले विष्टको छाती र मुखमा हानेर हत्या गरेको स्वीकार गरेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

घटना लुकाउन छात्रवासको पछाडि दुवैजना मिलेर शव फालेको प्रहरीको अनुसन्धानले देखाएको छ । अभियुक्त विमला र प्रजा दुवैजना श्रीमान-श्रीमती हुन् । विमला बोहरा कृष्ण मावि पाटनको छात्राबास बस्दै आएकी थिइन् । उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययन गरिरहेकी छन् । उनका श्रीमान् प्रजा पनि सँगै बस्दै आएका थिए । मृतक शिक्षक विष्ट सोही छात्रावासका माथिल्लो तलामा र आरोपित दम्पती तल्लो तलामा बस्दै आएका थिए । आरोपित दम्पतीविरुद्ध मुलुक अपराध संहिता, २०७४ को परिच्छेद १२ को दफा १७७ अन्तर्गत मुद्दा शिर्षकमा जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव निरीक्षक शाहीले बताउनुभयो ।

शिक्षक विष्टको शव पुस २ गते दिउँसो फेला परेको थियो । मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । सो घटनाको अनुसन्धानका लागि सिआइबीको टोलीसमेत आएको थियो । शिक्षक विष्टको हत्या भएकाले दोषी पत्ता लगाउन माग गर्दै परिवारजन तथा स्थानीयहरूले विगत ६ दिनदेखि आन्दोलन गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *