सचेत हुन स्वास्थ्य मन्त्रालयको आग्रह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बिएफ-७ नेपालमा नभेटिएको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन भने आग्रह गरेको छ । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नमुनामा ओमिक्रोन भेरियन्ट र अन्य सब भेरियन्ट पुष्टि भएका छन् । तर छिमेकी देश चीनमा फैलिएको र विश्वको अन्य देशमा पनि देखिएको बिएफ-७ भने नभेटिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

डा. अधिकारीका अनुसार छिमेकी देशहरूमा संक्रमणको पछिल्ला अवस्थाबाट सुसूचित हुँदै सजग हुन आवश्यक रहेको बताउनुभयो । ‘विश्वव्यापी रूपमा हेर्दा केही देशहरूमा संक्रमणका नयाँ स्वरूपमा जोखिम बढिरहेका छन् । विशेषतः हाम्रै छिमेकी देशहरूमा संक्रमणको पछिल्ला अवस्थाबाट हामी सुसूचित हुँदै सजग हुन आवश्यक छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ भेरियन्ट फैलिँदै गरेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशहरूसँग समन्वय गर्ने कार्य गरिरहेको छ ।’

ADVERTISEMENT

मन्त्रालयका अनुसार ओमिक्रोन भेरियन्ट बिए-२, बिए २.७५, बिए २.७५.१, बिए २.७५.२, बिए २.७५.३, बिए २.७५.५, बिए २.७५.६, बिए.२.७६, बिए.५.२, बिए.५.२.१, बिएम १, बिएम १.१.३, बिएन १.३, बी क्युब १.१,बिक्युव १.२, बि.वाई.१ पुष्टि भएका छन् । मन्त्रालयले मास्कको प्रयोग गर्न, एक अर्कामा भौतिक रूपमा दूरी कायम राख्न र हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ ।

साथै सम्पूर्ण प्रवेश विन्दुका हेल्थ डेस्कहरूले तथा स्वास्थ्य संस्थाहरूले आवश्यक स्क्रिनिङ, निगरानी, सतर्कता एवं आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले प्रवेश विन्दुका हेल्थ डेस्कहरूले तथा स्वास्थ्य संस्थाहरूले आवश्यक तयारी थाल्न पनि आग्रह गरेको छ । बिहीबार नेपालमा जम्मा एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *