यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 2 mins

काठमाडौं । राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बिहिबार अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २० पैसा र विक्री दर १३२ रुपैयाँ ८० पैसा तोकिएको छ । बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र विक्रीदर १३२ रुपैयाँ ७२ पैसा रहेको थियो ।

यता, युरोपियन युरोको मूल्य एकको खरिद दर १४० रुपैयाँ ३३ पैसा विक्री दर १४० रुपैयाँ ९७ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २५ पैसा र विक्री दर ८८ रुपैयाँ ६५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ०८ पैसा र बिक्री दर ९७ रुपैयाँ ५३ पैसा, सिंगापुर डलर एकको खरिद दर ९७ रुपैयाँ ७९ पैसा र विक्री दर ९८ रुपैयाँ २४ पैसा रहेको छ ।

ADVERTISEMENT

जापानी येनमा १० एकको खरिद दर १० रुपैयाँ ०४ पैसा र विक्री दर १० रुपैयाँ ०९ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ९६ पैसा र बिक्री दर १९ रुपैयाँ ०४ पैसा रहेको छ ।

यता, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १४ पैसा र बिक्री दर ३५ रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा र मलेसियन रिंग्गेट एकको खरिद दर २९ रुपैयाँ ७९ पैसा र बिक्री दर २९ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज