अन्धकारमा निसेलढोर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सबैभन्दा दूरको गाउँ हो 'निसेलढोर' । यहाँका स्थानीयको भेषभूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै फरक छ । बागलुङकै सबैभन्दा दुर्गम मानिने यो ठाउँ पर्यटकीय हिसाबले निकै संभावना बोकेको छ ।

नेपालकै एक मात्र सिकार आरक्ष पनि यही पर्छ । पशुपालन, कृषि, पर्यटन र जडिवुटीका उत्पादनका लागि निसेलढोर अगाडि रहे पनि विकासमा भने वर्षौँदेखि पछाडि परेको छ ।

यहाँका नागरिकले अहिलेसम्म पनि न्यूनतम विकासको अनुभूति गर्न पाएका छैनन् । केही समय अगाडि मोटरबाटोले निसेलढोर जोडिए पनि अहिलेसम्म विद्युत, स्वास्थ्य र गुणस्तरीय शिक्षा पुग्न सकेको छैन ।

यहाँका नागरिकले अहिलेसम्म पनि न्यूनतम विकासको अनुभूति गर्न पाएका छैनन् । केही समय अगाडि मोटरबाटोले निसेलढोर जोडिए पनि अहिलेसम्म विद्युत, स्वास्थ्य र गुणस्तरीय शिक्षा पुग्न सकेको छैन । यहाँका अधिकांश स्थानीय टुकीकै भरमा रात बिताउँछन् ।

जिल्लाको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरबाट गाउँपालिकाको केन्द्रमा पुग्नै झण्डै एक दिन लाग्छ । गाउँपालिकादेखि सिधा सडक संजालले नजोडिएको हुँदा यहाँ पुग्न ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार हुँदै जानु पर्छ ।

एक दशक पहिलेसम्म यहाँका स्थानीय जाडो याममा बेसी (निसीगाउँ) र गर्मी याममा लेक (निसेलढोर) गर्ने गर्थे । अहिले सिजन अनुसार बसाइँसराइ गर्न छोडेर स्थायी रुपमै स्थानीय यहाँ बस्ने गर्छन् । यहाँ करिब ६० घर परिवार स्थायी रुपमा बसोबास गर्ने गर्छन् । वर्षातको समयमा करिब चार सय बढी परिवार यहाँ बस्ने स्थानीय विरबहादुर विकले बताउनुभयो । उहाँका अनुसार यो सिजनमा पनि निसेलढोरमा २५ घर परिवार बस्दै आएका छन् ।

उहाँले चिसो बढेपछि अधिकांश मंसिर पहिलो सातानै निसीगाउँमा झरि सकेको बताउनुभयो । उनीहरु अब असार लागेपछि मात्रै ढोर उक्लिने छन् । हिउँदमा बेसी र बर्खामा लेकमा बस्नु निसीखोला–५ वासीको परम्परा जस्तै हो । उनीहरुले सयौँको संख्यामा पशुचौपाया पाल्ने हुँदा लेक बेसी गर्नु परेको हो । अहिले चिसोले दैनिकी कष्टकर बन्दै गएको विकले बताउनुभयो ।

ADVERTISEMENT

“अहिले विहान र बेलुका बाहिर गएर काम गर्न सकिन्न चिसो धेरै बढेको छ, बिजुली अहिलेसम्म आएको छैन, दाउरा, दियालो बालेर रात बिताउँछौँ, यो ठाउँमा बिजुली बोलेको हेर्ने ठूलो धोको छ, तर आउला जस्तो लाग्दैन” विकले भन्नुभयो , “पहिले मोटरबाटो थिएन, अहिले गाडी नहिँडे पनि बाटो पुगेको छ ।”

उहाँले निसेलढोरमा विद्युत पु¥याउनका लागि सरोकारवाला निकायलाई बारम्बार आग्रह गरे पनि सुनुवाई हुन नसकेको गुनासो पोख्नुभयो । विकले भन्नुभयो,  “गाउँलेहरुले बेसी झर्दा सरकारलाई धेरै पटक भन्यौँ निसेलढोरमा बिजुली चाहियो भनेर तर सुन्नु भएन, अन्धाकारमा छौँ हामीहरु, सरकारले हाम्रो समस्या नसुन्दा दुःख लाग्छ ।”

स्थानीय मनिराम घर्ती मगरले निसेलढोरमा आन्तरिक पर्यटक पुग्ने गरेको भन्दै बिजुली विद्युतीको सुविधा नहुँदा बास नबसी फकर्ने गरेको बताउनुहुन्छ । उहाँले यस ठाउँ पर्यटकको रोजाइमा परेको सुनाउँदै विद्युतको पहुँच पुगेको भए यहाँका नागरिकको जीवनस्तर फेरिन धेरै समय नलाग्ने बताउनुभयो ।

घर्ती मगरले भन्नुभयाे, “निसेलढोर बागलुङकै सबैभन्दा सुन्दर ठाउँ हो, यहाँको मुख्य समस्या अहिले विद्युतको छ, विद्युत नहुँदा सयौँ स्थानीय अन्धकारमा बस्न बाध्यछन्, पर्यटकहरु आए पनि एक रात नबसी फर्कन्छन्, विद्युत भएको भए उनीहरुलाई एक÷दुई दिन यहाँ राख्न सकिन्थ्यो, त्यसबाट स्थानीयहरुले केही रकम आम्दानी गर्न सक्थे ।”

उहाँले केही वर्ष अगाडि यहाँ मोटरबाटो पुगेपछि स्थानीयलाई यहाँ उत्पादन भएका स्याउ, सिमी, भाँगो र अन्य उत्पादित वस्तुहरु बजारसम्म पु-याउन सहज भएको बताउनुभयो । विगतदेखि नै ओझेलमा पर्दै आएको यो ठाउँले अहिलेसम्म मुहार फेरिन नसकेको गुनासो पोख्नु भयो ।
“यहाँका स्थानीयको अहिलेको आवश्यकता स्वास्थ्य र विद्युत हो, विद्युत नहुँदा रेडियो, लाइट र मोबाइल चार्ज गर्न कि उत्तरगंगा जानु पर्छ, कि निसीगाउँमै पुग्नु पर्छ,” उहाँले भन्नुभयो,  “कोही बिरामी प¥यो भने त झन् बुर्तिबाङ पु-याउनु पर्छ, यहाँबाट बुर्तिबाङ पुग्न एक दिन पुरै लाग्छ, भनेको बेला गाडी पाइँदैन, दुर्गममा छौँ, हाम्रो दुःख कसैले बुझ्न सकेको छैन ।”

निसेलढोर क्षेत्रमा कुँडे, मस, झुल लगायतका आधा दर्जन बढी गाउँहरु पर्छन् । यी कुनै पनि गाउँमा विद्युतको पहुँच छैन । निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले भौगोलिक हिसाबले दुर्गममा हुँदा विकासमा पछाडि परेको बताउनुभयो । उहाँले गाउँपालिकाले यहाँका स्थानीयका समस्यालाई समाधानका लागि दीर्घकालीन योजना बनाएको जानकारी दिनुभयो ।

उहाँले अहिले यहाँ कक्षा ५ सम्म पढाई हुने गरेको भन्दै विद्यालय भवन व्यवस्थित बनाउने र अहिलेसम्म स्वास्थ्य संस्था नभएको हुँदा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्ने गरि बजेट विनियोजन गरेको बताउनुभयो । स्वास्थ्य इकाई स्थापनाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख विनियोजन गरेको गौतमको भनाई छ । विद्युत विस्तारका लागि पनि गाउँपालिकाले सम्बन्धित निकायसँग माग गरेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?