निष्कासित मजदुरलाई पुनर्वहालीको माग गर्दै प्रदर्शन

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । त्रिवेणी स्पेनिङ्ग मिल्सबाट निष्काशित २३ जना मजदुरहरुको पुनर्वहालीको माग गर्दै बाराका सदरमुकाम कलैयामा बुधवार प्रदर्शन भएको छ ।

विभिन्न पार्टीका मजदुर संघ संगठनहरुले ऐक्यबद्धता जनाउँदै त्रिवेणी मिल्सबाट निकालिएका मजदुरहरुलाई पुनर्वहालीको माग गर्दै बाराको सदरमुकाम कलैयामा विरोध प्रदर्शन तथा कोण सभाको आयोजना गरिएको थियो ।

मजदुरहरुले हात हातमा महिला र श्रमिक माथि हिंसा बन्द गर, प्रहरी दमन बन्द गर, मजदुर एकता जिन्दावाद, विश्वका मजदुर एक होऔ, निष्काशित मजदुर बहाली गर, दलाल ठग उद्योगपति मुर्दावाद, सामूहिक सम्झौता कार्यान्वयन गर लगायतका नाराहरु अंकित हातहातमा प्लेकार्ड बोकी चर्काबाजी नारा लगाउँदै कलैया नगर परिक्रमा गरेका थिए । नगर परिक्रमा पछि भरतचौकमा आएर कोण सभाको आयोजना गरिएको थियो ।

जिफ्रन्ट मधेश प्रदेशका कमलेश झाको अध्यक्षतामा कोण सभाको आयोजना गरिएको थियो ।

ADVERTISEMENT

कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष झाले पटक पटक मजदुर र श्रमिकहरु माथि उद्योगपतिहरुले सौताको व्यवहार गर्दै आएको जानकारी दिनुभयो ।

दिनहुँजसो कुनै न कुनै बहानामा मजदुरहरुलाई निष्काशित गर्ने, कारवाही गर्ने, हेप्ने क्रम बढेको छ, उनले भने,‘मजदुर सधै चेपुवामा पर्दै आएका छन् । उद्योगपतिहरुले हामीहरुलाई दिनहुँ कुनै न कुनै बहानामा दुःख दिने गरेको छ । उद्योग चलाउन आफनो खुन र पसिना बगाउने मजदुरहरुलाई विना कारण दुःख दिने उद्योगबाट निकाल्ने क्रम बढेको छ । निर्दोष हुँदा हुँदै पनि उद्योगले विना कारण उद्योगबाट निकाल्दा बेरोजगार भई भौतारिने अवस्था आएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ आफनो श्रम र पसिना बगाएर आफनो परिवार पाल्छौँ । हाम्रो श्रमको उचित मूल्यांकन नत उद्योगपतिले नत सरकारले नै गर्न सकेको छ । तर पनि हामी आफनो काम इमान्दारीपूर्वक गर्दै आएका छौँ । इमान्दारीपूर्वक काम गर्दा गर्दै पनि विना कारण उद्योगबाट निकालिएको छ, यो निर्णय चाँडो भन्दा चाँडो नसच्याए हामी अझ सशक्त आन्दोलन गर्न बाध्य हुन्छौँ’ उहाँले बताउनुभयो ।
मंसिर १२ गते देखि नै मिलमा कार्यरत २३ जना मजदुरहरुलाई त्रिवेणी स्पनिङ्ग मिल्सका संचालक रामचन्द्र संघाईले निष्काशन गरेको अखिल नेपाल औधोगिक मजदुर संघका केन्द्रिय अध्यक्ष बेनी तिम्लसिनाले बताउनुभयो ।

बोनसको विषयलाई लिएर लामो समय देखि यस मिलमा विवाद चल्दै आएको थियो । विवादलाई समाधान गर्न पटक पटक बैठक बस्यो तर समाधान हुन सकेको छैन । २०७५ सालमा मिल र मजदुर बीच १ सय १७ दिनको बोनस दिने सम्झौता भएको थियो । तर मिल्स प्रशासनले सम्झौता अनुरुप बोनस उपलब्ध नगराएको कारण विवाद भएको उहाँले जानकारी दिनुभयो ।

मिलमा लामो समय देखि चुलिएको विवाद अझ शान्त भएको छैन, उहाँले भन्नुभयो,‘पटक पटक सम्झौता हुन्छ तर कार्यान्वयन गर्ने बेला उद्योग प्रशासन पछि पर्ने गरेको उहाँले आरोप लगाउनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?