काठमाडौं । हाल जम्मु-कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज (बुधबार बिहान) लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भेगमा आंशिक बदली रही तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ।
तापक्रम घट्दो र चिसो बढ्दो क्रममा रहेकाले होसियारी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : तराईका केही भूभागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts