लिटरेचर फेस्टिभल प्रायोजकमा खुकुरी रम

Read Time = 3 mins

काठमाडौं । शब्दशक्ति उत्सवको एक दशक भन्ने नाराका साथ बुधबारदेखि पोखराको फेवाताल किनारमा सुरु हुने ‘१०औँ नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमको प्रायोजन खुकुरी रमले गर्ने भएको छ । फेस्टिभलअन्तर्गत पुस ७ गते स्वर्गीय संगीतकार गोपाल योञ्जनको २५औँ स्मृति दिवसका अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुनेछ । योञ्जनका गीतको संगालो ‘गोपालय’ पनि सोही अवसरमा विमोचन गरिनेछ । स्वर्गीय योञ्जनले पोखरामै लामो समयसम्म लोकसंगीतको अनुसन्धान र लेखनमा बिताउनुभएको थियो ।

विसं २००० मा जन्मिनुभएका योञ्जन नेपालका लोकप्रिय र प्रतिभाशाली संगीतकार हुनुहुन्छ । लोक, राष्ट्रिय, आधुनिक, भजन, फ्युजन, बालगीत, चलचित्र गीत, खेल गीतलगायतका विभिन्न विधामा संगीत सिर्जना गर्नुभएका उहाँले ‘संगीताञ्जली’ र ‘गीतमञ्जरी’ नामक दुईवटा पुस्तक पनि लेख्नुभएको छ भने करिब एक दर्जन चलचित्रमा संगीत भर्नुभएको छ ।

लिटरेचर फेस्टिभलमा लोक ब्याण्ड रैथाने र फ्युजन गितारवादक अनिल शाहीले पनि आफ्नो ब्याण्डसँगै विशेष प्रस्तुति दिनुहुनेछ । यीलगायत सबै सांगीतिक कार्यक्रमको प्रायोजन ‘खुकुरी रम’ले गरेको हो ।

ADVERTISEMENT

खुकुरी रम संगठित क्षेत्रमा स्थापना भएको देशकै पहिलो मदिरा उद्योग ‘दि नेपाल डिस्टिलरिज’ले ६२ वर्षदेखि उत्पादन गर्दै आएको छ । कम्पनीका इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले कला, साहित्य र संगीतप्रेमीको विशेष उत्सव ‘नेपाल लिटरेचर फेस्टिभल’सँग सहकार्य गर्न पाउँदा गौरव महसुस भएको बताउनुभएको छ । फेस्टिभलको आयोजक बुकवर्म फाउण्डेसनका निर्देशक निरज भारीले नेपालीहरूको पहिचानका रूपमा धेरै देशमा निर्यात हुने उत्पादनलाई लिटरेचर फेस्टिभलअन्तर्गतका सांगीतिक कार्यक्रमसँग जोड्न पाउँदा खुशी लागेको बताउनुभयो । पुस ११ गतेसम्म चल्ने शब्दहरूको उत्सवमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक विमर्श हुने बताइएको छ ।

फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सहप्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवं फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायतको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज