मापदण्ड विपरीतका साइन बोर्ड हटाउन काठमाडौं महानगरको निर्देशन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्र रहेका मापदण्ड विपरीतका साइन बोर्ड हटाउन र नयाँ साइनबोर्ड नराख्न आग्रह गरेको छ । जसका लागि महानगरले १५ दिने अल्टिमेटम दिएर सूचना जारी गरेको छ ।

महानगरले यसअघि ३५ दिने सूचना जारी गर्दापनि सम्बन्धित पक्षले त्यस्ता पाटीहरू नहटाएको भन्दै १५ दिनभित्र सूचना पाटी हटाउन निर्देशन दिएको हो ।

महानगरको राजस्व विभागले आज सूचना निकालेर महानगरपालिका क्षेत्रभित्र व्यापार गर्ने संघ, संस्था, वित्तीय संस्था, सरकारी तथा गैह्र सरकारी निकायले आफ्नो व्यवसाय वा कार्यालय परिसरमा राखिने साइन बोर्ड ३० वर्ग फिटभन्दा ठूलो नराख्न र राखेको भएमा हटाउन आग्रह गरेको छ ।

व्यवसाय वा कार्यालयको पहिचान दिन राखिने साइन बोर्ड ३० वर्ग फिटभन्दा ठूलो नराख्न तथा राखेको भए हटाउन पटक पटक आग्रह गरिएकोमा अटेर गरी राखेको पाइएको समेत महानगरले जनाएको छ ।

ADVERTISEMENT

यसैबीच महानगरपालिकाले महानगर क्षेत्रमा व्यवसाय वा कार्यालयले परिचय पाटी राख्दा वार्षिक रूपमा रकम बुझाउनुपर्ने भन्दै त्यसको दररेट पनि उल्लेख गरेको छ।

६ वर्ग फुटसम्मको एउटा मात्र साइन बोर्ड राख्दा वार्षिक ५ सय, १५ वर्ग फुटसम्म एक साइन बोर्ड राख्न पाइने र त्यसको एक हजार ५ सय तथा १५ वर्ग फुटभन्दा माथि ३० वर्ग फुटसम्मको प्रति वर्ग फुट एक वटा मात्र राख्न पाइने र त्यसमा प्रति वर्ग फुटको एक हजार लाग्नेछ।

त्यसअनुसार १६ वर्ग फुटको १६ हजार, १७ वर्ग फुटको १७ हजार गरी क्रमशः वर्ग फुट अनुसार शुल्क तिर्नुपर्नेछ। त्यस्तै ३० वर्ग फुटको ३० हजार रुपैयाँ वार्षिक रुपमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

सूचनालाई अवज्ञा गरी सम्बन्धित पक्षले त्यस्ता परिचय पाटी नहटाएमा महानगरपालिकाको टोलीले हटाइ त्यसबापत लागेको खर्च समेत सम्बन्धित पक्षबाट नै असुल उपर गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *