सर्लाहीमा कठ्याङ्ग्रिएर दुई सातामा दुईजनाको मृत्यु

रासस
रासस
Read Time = 1 min

सर्लाही । हरिपुर नगरपालिका-९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई सातामा मुसहर समुदायका दुईजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र वडा नं. ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको हो।

ADVERTISEMENT

ज्याला मजदुरी गर्ने रमेशको मंसिर २४ गते मृत्यु भएको हो। कान्छो छोरा १६ वर्षीय कृष्णनन्दनले ओढ्ने ओछ्याउने नभएकाले भुइँमा पराल ओछ्याएर सुत्दा बुवाको ज्यान गएको बताउनुभयो ।

राम भगतको पनि न्यानो कपडा र ओढ्ने ओछ्याउने नहुँदा चिसोले मृत्यु भएको हरिपुर नगरपालिका-९ पिडारीका वडाध्यक्ष विश्वनाथ रायले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज