काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले पूर्ण अटोमेसनको स्मार्ट वाटर प्रविधिको विकास गरेसँगै भरतपुरमा पनि उक्त प्रविधिको सुरुवात भएको छ । टोखा नगरपालिकामा विकास गरिएकोे प्रविधि भरतपुरमा विस्तार गरिएको हो ।
कार्यक्रममा नगर विकास कोषका कार्यक्रम संयोजक सुवासराज पन्तले नगर विकास कोषको लगानीमा बनेका र बन्ने क्रममा रहेका एक सय २० खानेपानीलाई प्रविधि प्रयोगका लागि सधैं प्रोत्साहन गरेको बताउनुभयो । दियालो टेक्नोलोजिजले विकास गरेका प्रविधि प्रयोगले खानेपानीलाई प्रविधिमैत्री बनाएको, कार्यालय व्यवस्थापन, आर्थिक व्यवस्थापनजस्ता कार्यमा सहयोग पुगेको उहाँको भनाइ थियो ।
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले प्रविधि प्रयोग र प्रविधिमा जनताको पहुँच पुर्याउने कार्यमा महानगरपालिकाले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता