गरिमाको वैदेशिक रोजगार आइपिओ खाता

Read Time = 1 min

काठमाडौं । गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीलाई बैंकिङ तथा सेयर मार्केटसम्म पहुँच पु¥याउने उद्देश्यले वैदेशिक रोजगार आइपिओ खाता सुरु गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आइपिओ जारी गर्ने संस्थाले १० प्रतिशत सेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्थाअनुसार उनीहरूलाई सिआस्वा सुविधाका लागि बैंकले खाता सञ्चालनमा ल्याएको हो ।

ADVERTISEMENT

वैदेशिक रोजगारमा रहेका नेपालीले सजिलै बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन खाता खोल्न मिल्ने सुविधामार्फत् खाता खोली डिम्याट, सिआस्वा र मेरो सेयरको सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकले पनि सजिलै खाता खोल्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?