साझा उम्मेदवारमा सहमति जुटाउन शेखर-गगन समूहले मंगलबार बिहान पुन: छलफल गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्वीर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरुले संसदीय दलको नेताको साझा उम्मेदवारमा सहमति जुटाउन नेताद्वय शेखर कोइराला र गगन थापालाई आग्रह गरेका छन् ।

संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूह सोमबार दिनभर छलफलमा जुटेको थियो।

बुधबार हुने नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनका लागि छलफलमा जुटेको शेखर–गगन समूहको छलफल मंगलबार बिहानसम्मका लागि स्थगित भएको छ।

ADVERTISEMENT

नेता कोइराला र महामन्त्री थापा दुवैले संसदीय दलको नेतामा दाबी गरेपछि यो समूहको बैठक बसेको हो।

छलफल मंगलबार बिहान ८ बजे पुन: हुने बताइएको छ।

बुधबार हुने संसदीय दलको निर्वाचनका लागि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी मनोयन गर्ने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?