खोटाङको बाक्सिला बजारमा भीषण आगलागी, विस्तृत विवरण आउन बाँकी

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 1 min

खोटाङ । खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ वाक्सिलाबजारमा भिषण आगलागी भएको छ ।

सोमबार साँझ स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राईको घर जलेको हो ।
व्यापार व्यवसाय सञ्चालन हुँदैआएको बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर स्काभेटर लगाएर भत्काइएको छ ।
प्रहरीका अनुसार खाना पकाउने ग्याँस पड्केर आगलागी भएको हो । आगो नियन्त्रणमा आएको छैन । दमकल नजिकमा नहुँदा आगलागी नियन्त्रणमा ठूलो समस्या भइरहेको छ ।

ADVERTISEMENT

आगलागी नियन्त्रणको प्रयास भईरहेको छ । बाक्सिला प्रहरी चौकीबाट प्रहरी निरीक्षक किरण राईको कमाण्डमा टोली खटिरहेको डिएसपी मञ्जिल मुकारुङले बताउनु भयो ।

थप विवरण आउँन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज