हालसम्म ४७ लाख नेपालीले लिए श्रम स्वीकृति

Read Time = 3 mins

काठमाडौं । हालसम्म ४७ लाख कामदारले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्व आप्रवासन कामदार दिवसका अवसरमा आइतबार सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन रिपोर्ट २०२२ अनुसार सन् २००८/०९ देखि सन् २०२१/०२२ सम्ममा ४७ लाखले श्रम स्वीकृति लिएका हुन् । सन् २०२१/०२२ मा तीन लाख ४६ हजार एक सय ८९ जनाले श्रम स्वीकृत लिएकोमा महिलाको संख्या ३२ हजार एक सय ५२ र पुरुषको संख्या तीन लाख १४ हजार ३७ हजार रहेको छ ।

सन् २०२०/०२१ मा ७२ हजार ७२ जनाले श्रम स्वीकृति लिएकोमा महिलाको संख्या सात हजार एक सय ७८ र पुरुषको संख्या ६४ हजार ९४ रहेको छ । २०१९/०२० मा एक लाख ९० हजार तीन सय ९३ जनाले श्रम स्वीकृति लिएकोमा १८ हजार दुई सय दुई महिला र एक लाख ७२ हजार एक सय ९१ पुरुष कामदार रहेका छन् । विगत तीन वर्षको अवधिमा ११ लाख ६५ हजार एक सय ५१ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये मधेश प्रदेशका दुई लाख ४९ हजार एक सय ४०, प्रदेश नम्बर दुईका दुई लाख ९८ हजार पाँच सय ६१, बागमती प्रदेशका एक लाख ७२ हजार सात सय ५८, गण्डकी प्रदेशका एक लाख ८० हजार ४०, लुम्बिनी प्रदेशका दुई लाख तीन हजार पाँच सय ७१, कर्णाली प्रदेशका ३३ हजार चार र सुदूरपश्चिम प्रदेशका २८ हजार ७७ कामदारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

ADVERTISEMENT

यसैबीच गैरआवासीय नेपाली संघ(एनआरएनए)ले विश्व आप्रवासन दिवसका अवसरमा आप्रवासी नेपालीलाई शुभकामना दिएको छ । यस वर्ष प्रवासी र शरणार्थीहरूसँग भविष्य निर्माण भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी विश्व आप्रवासन दिवस मनाइँदै छ भने नेपालमा वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान भन्ने मूल नाराका साथ मनाइँदै छ । एनआरएनएका अनुसार वैदेशिक रोजगारीका क्रममा हालसम्म १० हजार नौ सय ३२ जनाको मृत्यु भएको छ भने दुई हजार एक सय २५ जना गम्भीर बिरामी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज