रियलमीको ब्राण्ड दूतमा शाह

Read Time = 2 mins

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले निती शाहलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । ब्राण्ड एम्बासडर नियुक्त शाहले रियलमी, नार्जो र एआइओटी एवं वेरेबल्सलगायत अन्य इकोसिस्टम प्रोडक्ट पनि एन्डोर्स गर्ने कम्पनीले जनाएको छ । शाह मिस इन्टरनेसनल नेपाल २०१७ को विजेताका साथै २०१७ मा जापानमा भएको मिस इन्टरनेशनल नेपालमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।

सो अवसरमा रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, ‘ब्राण्ड एम्बासडरमा निती शाहसँग काम गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । मानिसलाई प्रभावित पार्न सक्ने उनको क्षमताले पक्कै पनि रियलमी ब्राण्डलाई अझै धेरै उपभोक्तासामु परिचित बनाउनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

ADVERTISEMENT

नवनियुक्त ब्राण्ड एम्बासडर शाहले भन्नुभयो, ‘रियलमी ब्राण्डको सदस्य हुन पाउँदा म एकदमै उत्साहित छु । कम्पनीको जुन डेयर टु लिप मान्यता छ, व्यक्तिगतरूपमा म आफैं पनि यो मान्यतामा विश्वास राख्छु । मलाई यो अवसर दिएकोमा रियलमी ब्राण्डप्रति आभारी छु, मलाई आशा छ, यो सहकार्यले पक्कै पनि हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्‍याउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?