मनाङ मस्र्याङ्दीको पिडिए सम्झौता

Read Time = 2 mins

काठमाडौं । ऊर्जा मन्त्रालय र मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीबीच आइतबार ‘आयोजना विकास सम्झौता’ (पिडिए) मा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ऊर्जा सचिव दिनेशकुमार घिमिरे र प्रवद्र्र्धक बुटवल पावर कम्पनी (बिपिसी) का प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।

नेपाली साझेदार बिपिसीको २० प्रतिशत र तीनवटा चिनियाँ कम्पनीको ८० प्रतिशत लगानी रहने १३५ मेगावाट आयोजनाको ऋणदातालाई नेपाल सरकारका तर्फबाट आश्वस्त तुल्याउन पिडिए गरिएको प्रवद्र्र्धक कम्पनीका उपमहाप्रबन्धक प्रतीकमान सिंह प्रधानले बताउनुभएको छ । प्रधानका अनुसार आयोजनाको अनुमानित लागत ३२ करोड अमेरिकी डलर अर्थात् ४१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

ADVERTISEMENT

आयोजनामा तीनवटा चिनियाँ कम्पनीमध्ये सबैभन्दा बढी सिचुवान इन्भेष्टमेन्ट ग्रुपको लगानी छ भने अन्य दुई चिनियाँ कम्पनीमा सिएक्सआइजी र क्युवाइइसी रहेका छन् । अर्धजलाशययुक्त प्रकृतिको उक्त आयोजनाबाट वार्षिक ७६ करोड ६० लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ ।

बिपिसीले चिनियाँ लगानीमा एकसाथ तीनवटा आयोजना अघि बढाएको छ । तर, तल्लो मनाङ मस्र्याङ्दी (२७४ मेगावाट), माथिल्लो मस्र्याङ्दी-२ (३२७ मेगावाट) को पिडिए हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?