नेपालबाट ‘श्रीलंकामा बिजुली बेच्न’ कति सम्भव ?

Read Time = 3 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले टापु देश श्रीलंकासम्म बिजुली आपूर्ति गर्नसक्ने सम्भावना औँल्याएका विवरण आएका छन्।

दक्षिण एसियाली मुलुकका सम्पादकहरूसँगको एउटा अन्तरक्रियामा अघिल्लो साता उहाँले भारतीय ग्रिड श्रीलंकासँग जोडिएको खण्डमा नेपालबाट श्रीलंकासम्म विद्युत् आपूर्ति हुनसक्ने धारणा राख्नुभएको थियो ।

सरकारी अधिकारीहरू प्राविधिक रूपमा नेपालबाट त्यसरी विद्युत् पठाउन सम्भव रहे पनि त्यसका लागि आवश्यक पूर्वाधार र गृहकार्य अनि भारतको दह्रो साथ आवश्यक रहेको बताउँछन्।

तर जलस्रोत मामिलालाई नजिकबाट पछ्याइरहेका एक जना पत्रकारले बंगलादेशलाई भारत हुँदै विद्युत् आपूर्ति गर्न अझसम्म नसकिरहेको नेपालले श्रीलंकामा विद्युत् आपूर्ति गर्न सम्भावना आफूले नदेखेको बताए।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भारतीय ग्रिडमार्फत श्रीलंकामा विद्युत् आपूर्ति गर्न प्राविधिक रूपमा सम्भव रहेको बताउनुभयो ।

ADVERTISEMENT

उहाँ भन्नुहुन्छ, ‘भारत, श्रीलंका र नेपालबीच त्रिपक्षीय सम्झौता भयो भने त्यो असम्भव होइन। हामी एउटा विन्दुमा ऊर्जा दिन्छौँ, भारतको अर्को विन्दुबाट श्रीलंकाले लिन्छ। त्यो सम्भव त भयो तर त्यसका लागि दुईवटा देशमात्र नभई तीनवटा देशबीच सहमति हुनुपर्यो।’

तत्कालका लागि त्यसमा प्रमुख तगारो पूर्वाधार देखिएको छ। सन् २०१० मा नै भारत र श्रीलंकाले प्रसारण ग्रिड निर्माण गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्ने सम्झौता गरेको भएपनि त्यसले खासै गति लिएको पाइँदैन।

भारतको पावर ग्रिड कर्पोरेशनले सन् २०१५ को आफ्नो वार्षिक प्रतिवेदनमा उसको एउटा अध्ययनले समुद्र मुनिबाट केबलको सहायताले ५०० वा १,००० मेगावाट प्रसारण प्रणाली लैजाने परिकल्पना गरेको उल्लेख गरेको थियो।

चरम आर्थिक संकटसँग जुझिरहेको श्रीलंकासँगको उक्त परियोजना पुनः ब्युँताउने विषयमा यसै वर्षको एप्रिलमा दुई देशबीच छलफल भएको रोएटर्स समाचार संस्थाको एउटा विवरणमा उल्लेख गरिएको छ।

श्रीलंकाले खराब ऊर्जा संकटको सामना गरिरहेको भएपनि उक्त पूर्वाधार कहिले बन्छ भन्ने प्रस्ट छैन। स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज