सातै प्रदेशका प्रमुखलाई आज निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ ।

शनिबार (आज) आयोगका पदाधिकारीहरूले दिउँसो १ बजे सम्बन्धित प्रदेशका प्रमुखलाई भेटेर प्रतिवेदन बुझाउने भएको हो । यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेका छन् ।

ADVERTISEMENT

आयोगका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १ को चुनावी परिणाम पेश गर्नु हुनेछ । यस्तै, आयुक्त सगुनशमशेर जबराले मधेश प्रदेश र सचिव गोकर्णमणि दुवाडीले बागमती प्रदेशको चुनावी परिणाम पेश गर्नु हुनेछ ।

यसैगरी, गण्डकीमा आयुक्त इश्वरीप्रसाद पौडेल, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी, कर्णालीमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त जानकीकुमारी तुलाधरले प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *