प्रधानमन्त्री देउवाले पार्टीका सांसदलाई बोलाए बालुवाटार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसबाट निर्वाचित सांसदहरूलाई बालुवाटार बोलाउनुभएको छ ।

नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी भइरहँदा सभापति देउवाले नवनिर्वाचित सांसदलाई बालुवाटार बोलाउनुभएको हो ।

उहाँले पार्टीका निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाइ दिन आज (शनिबार) दिउँसो ३ बजे बालुवाटारमा बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिनुभयो ।

ADVERTISEMENT

बधाइ ज्ञापनका लागि भनिए पनि बालुवाटारको भेलालाई संसदीय दलको नेताको चुनावको तयारीका रूपमा हेरिएको छ। यस क्रममा सरकार गठनका लागि भइरहेका प्रयास लगायत सांसदको भूमिकाबारे कुराकानी हुने बताइएको छ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिहेका बेला सभापति देउवाले सांसदहरूलाई बालुवाटार बोलाउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?