बिदामा घर गएका सशस्त्रका जवानमाथि गोली प्रहार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका-७ मा शुक्रबार साँझ गोली चलेको छ ।

गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते हुनुभएको छ । काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर जानुभएको थियो ।

ADVERTISEMENT

साथीहरूसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर साहमाथि गोली प्रहार भएको हो । पाखुरामा एक गोली लागेर घाइते साहको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

साहको अवस्था सामान्य छ । घटनामा संलग्नमध्ये रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *