टिसिएलले नेपालमा भित्र्यायो ‘गुगल टिभी

Read Time = 2 mins

काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालमा गुगल टिभी ल्याएको छ । गुगल टिभीका प्रयोगकर्ताले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगइकन होम स्क्रिनबाटै सेलेक्ट गरेर हेर्न सक्ने बताइएको छ ।

गुगल टिभीको प्रारम्भिक सेटअपपछि गुगल टिभीको होम स्क्रिन देख्न सकिनेछ । होम स्क्रिनमा विभिन्न एप, अर्थात् चलचित्र र टिभी कार्यक्रमका स्लाइडहरू हुन्छन् ।

ADVERTISEMENT

कम्पनीका अनुसार टिसिएल गुगल टिभी परम्परागत स्मार्ट टिभीभन्दा एक कदम अगाडि छ । जसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरू रहेका छन् ।

हालै टिसिएलले क्यामेरासहितको पी ७३५ फो के एचडीआर ग्लोबल टिभी ५७ इन्च र सी ७३५ क्यु एलइडी ४ के गुगल टिभी गरी तीन प्रकारका गुगल टिभी ल्याएको हो । टिसिएलको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज