भन्सार विभागको महानिर्देशकमा बुढा

Read Time = 1 min

काठमाडौं । भन्सार विभागको महानिर्देशकमा अर्थ मन्त्रालयका सहसचिव चक्र बुढा नियुक्त हुनुभएको छ । विभागका महानिर्देशक कमल भट्टराईलाई मन्त्रालयमा सरुवा गरेर अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख बुढालाई जिम्मेवारी दिइएको हो ।

ADVERTISEMENT

भन्सार विभागबाट अर्थ मन्त्रालयमा सरुवा गरिनुभएका भट्टराईलाई मन्त्रालयको वित्तीय समन्वय महाशाखा र आन्तरिक राजस्व विभागको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा गरिनुभएका रितेश शाक्यलाई बजेट महाशाखाको जिम्मेवारी दिइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज