काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार सम्पन्न १३औँ वार्षिकोत्सव तथा छैटौँ महासभाले मोदनाथ ढकालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा परमेश्वर अधिकारी र मेनुका कार्की, महासचिवमा नवीन ढुंगाना, सचिवमा दीपक भट्ट र कोषाध्यक्षमा दिलु कार्की निर्वाचित हुनुभएको छ । सदस्यमा निकेश खत्री, विजय पराजुली, सविना कार्की र राजाराम न्यौपाने चयन हुनुभएको नाफिजले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements